खरसाङको वार्ड नम्बर १९ स्थित क्याम्प साइट ग्राम कल्याण समितिद्वारा भानु जयन्ती

IMG-20240715-WA0195

खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर १९ अन्तर्गत क्याम्प साइट ग्राम कल्याण समितिद्वारा सम्पूर्ण सदस्यहरूलाई लिएर आदि कवि भानुभक्त आचार्यको २१०औं जन्म जयन्ती पालन गरेको छ। उक्त कार्यक्रमको अध्यक्षता समितिकै अध्यक्ष मणिकुमार गिरीले गरेका थिए भने कार्यक्रमको सञ्चालन समितिका सचिव सुवास प्रधानले गरेका थिए। आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती किन मनाइन्छ भन्ने विषयमा समितिका सल्लाहकार देवकी प्रधान सुब्बाद्वारा उपस्थित समूहमा प्रकाश पारेकी थिइन्। कार्यक्रममा समितिका वरिष्ठ सदस्या उमा लोहागणले आदि कवि भानुभक्त आचार्यको कृति विषयमा छोटो र राम्रो जानकारी प्रस्तुत गरिन्। क्याम्प ग्राम कल्याण समितिले प्रति वर्ष नै आदि कवि भानुभक्त अाचार्यको जन्म जयन्ती पालन गर्दै आईरहेका छन्। ग्राम कल्याण समिति आउँदो पिँढीहरूलाई पनि यस विषयमा जागरूक गराउनु समितिको उद्देश्य रहेको बताइएको छ। उक्त भानु जयन्ती कार्यक्रम विषयमा क्याम्प साइट ग्राम कल्याण समितिको सल्लाहकार देवकी सुब्बा प्रधानले समितिले वार्षिक रूपमा आदि कवि भानुभक्त अाचार्यको जन्म जयन्ती पालन गर्ने गर्छन् र यसपाली पनि भानु जयन्ती समारोह आयोजना गरेको र यो कार्यक्रम गाउँमा आयोजना गरिएको जानकारी गराएका छन्। उनले यो कार्यक्रम गर्नुको मुख्य उद्देश्य आदि कवि भानुभक्त आचार्य विषयमा भावी पिँढीलाई पनि जानकारी गराउन साथै आदि कवि भानुभक्त अाचार्यको जन्म जयन्ती पालन गरिने कार्यक्रम यसरी नै यथावत् राख्नलाई नै कार्यक्रमको आयोजना गरिएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement