कोलकाता: २११औं भानु जयन्तीको कार्यक्रम भारतीय भाषा परिषदमा आइतबार (१४ जुलाई) सम्पन्न भयो। प्रवासी नेपाली संघ भारतका केन्द्रीय सचिवालय सदस्य रामायणप्रसाद धमलाद्वारा संचालन र राज्य अध्यक्ष रवि छेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। अतिथिहरूमा नारायणप्रसाद होमगाई अध्यक्ष प्रवासी नेपाली संघ भारत, ईश्वरराज पौडेल नेपाली महावाणिज्यदूत, डा. शुम्भुनाथ र आशिष झुन्झुन्वाला, भारतीय भाषा परिषद, केशव छेत्री संयुक्त नेपाली वेलफेयर ट्रष्ट, खेमराज बराल भारत–नेपाल जनमैत्री संस्कृतिक मञ्च, कोलकाता, बद्रीविक्रम थापा संयुक्त नेपाली केन्द्रीय सेवा संघ, दिदी देविका मुक्तान, पूर्व निर्देशक दुरदर्शन रहेका थिए।

प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूद्वारा आदिकवि भानुभक्तको प्रतिमामा माल्य अर्पण गर्दै भानुभक्तको कविताको साथै भारत र नेपालका राष्ट्रिय गीतको साथ कार्यक्रमको उद्घाटन भएको थियो। कलाकारहरूले बाजागाजासहितको स्वागत गीतले धुन मचाए। संगठनमा रहेर निरन्तर राम्रो कार्य गर्दै आएका प्रौढहरू रमेश श्रेष्ठ, कुलबहादुर गुरुङ, एमनाथ केसी र झविलालाई मेमेन्टो र दोसल्लाले सम्मान गरिएको थियो। डा. शम्भुनाथ, राजु पाठक, देविका मुक्तान, ईश्वर राज पौडेलद्वारा भानुभक्तको जिवनीमाथि प्रकाश पारिएको थियो। त्यसै गरी भारतीय भाषा परिषदका कोअर्डिनेटर अशिश झुन्झुन्वालाले रामायणको चोपाई प्रस्तुत गरेको भएको थियो।

कवि निमा निष्कर्ष, मृतुन्जय श्रिवास्तव, गोपाल भित्रिकोटी, डा. सत्यप्रकाश तिवारी, शमशेर अलि, नीता अनामिका, संजीव गुरुङ, केदार होमगाई, सन्तोषी सिंह कविहरूद्वारा कविता प्रस्तुति र बीचबीचमा गीतकोसाथ नृत्य प्रस्तुत रहेको थियो। प्रियांका थापाको निर्देशनमा बाल कलाकारहरूको नृत्य प्रदर्शन भएको थियो भने रचना अधिकारीद्वारा निर्देशित परिवर्तन नाटक प्रस्तुत गरिएको थियो। सिद्धार्थ छेत्रीको बाँसुरी वादन र आर्यन छेत्रीको भजन प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। गीता धमलाले धन्यवाद ज्ञापन गरिन्।
