भाजपाको पार्टी कार्यालय अगाडि नयाँ बम फेला, क्षेत्रमा तनाव

photocollage_2024715161341706

कोचबिहार:: कोचबिहारमा आज भाजपाको पार्टी कार्यालय अगाडि नयाँ बम बरामद भएपछि सनसनी फैलिएको छ। भाजपाले आरोप लगाएको बम तृणमूल कांग्रेसले राखेको हो। बम बरामदलाई लिएर क्षेत्रमा तनाव छ। तुफानगञ्ज ब्लक १ को ढलपाल १ ग्राम पञ्चायतको चण्डिरहाट क्षेत्रमा रहेको भाजपाको कार्यालयबाट बम फेला परेको हो। आज बिहान स्थानीय जनताले भाजपाको कार्यालय अगाडि नयाँ बम राखिएको देखे। खबर पाएलगत्तै भाजपाका नेताहरु पार्टी कार्यालय पुगेका छन्। पुलिसलाई खबर गरेपछि पुलिस घटनास्थलमा पुगेर बम बरामद गरी आफ्नो साथमा लगेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement