फ्रेन्ड्स युनियन क्लबको पूजामा ग्रामीण बंगालको संस्कृतिको झलक देख्न सकिने

IMG-20240715-WA0160

सिलगढी: दुर्गा पूजा आउन अब अढाई दुई महिना मात्रै बाँकी छ। जसका कारण सबै ठूला दुर्गा पूजा आयोजक क्लबहरुले दुर्गा पूजाको तयारी शुरु गरेका छन्। पण्डाल बनाउने काम धमाधम भइरहेको छ। दुर्गा पूजा हरेक वर्ष सिलगढीका धेरै ठूला क्लबहरूद्वारा विभिन्न विषयवस्तुहरूमा भव्य रूपमा आयोजना गरिन्छ, यी ठूला क्लबहरूमा सिलगढी डबग्राम सूर्य नगर फ्रेन्ड्स इण्डियन क्लब पनि समावेश छ। यस वर्ष फ्रेन्ड्स युनियन क्लबले ७०औं दुर्गा पूजा गर्ने भएको छ। सोमबारबाटै दुर्गा पूजाको शुरुवात गरेको फ्रेन्ड्स युनियन क्लबका सदस्यहरुले हरेक वर्ष फरक–फरक थिममा दुर्गा पूजा आयोजना गर्ने गरेका छन्। यस वर्ष उनीहरूको विषयवस्तु ग्रामीण बंगाली हो। यस वर्ष दुर्गा पूजाको समयमा भक्तहरूले ग्रामीण  बंगालको कृषि र किसानको झलक हेर्न पाउनेछन्। भव्य रुपमा निर्माण भइरहेको पण्डललाई सजाउने काम आजैबाट शुरु भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement