कोपा अमेरिका २०२४: कोलम्बियालाई पराजित गरी ट्रफी जित्यो अर्जेण्टिनाले

IMG-20240715-WA0150

फ्लोरिडा: अर्जेण्टिनाले अतिरिक्त समयसम्म चलेको रोमाञ्चक फाइनलमा कोलम्बियालाई १-०-ले पराजित गरी रेकर्ड १६औं पल्ट कोपा अमेरिका फूटबल टुर्नामेण्टको खिताब जित्यो। यी दुई टीमबीच खेलिएको फाइनल निक्कै रोमाञ्चक रह्यो, जसको ९० मिनटसम्म दुवै टीमले गोल गर्न सकेन। त्यसपछि इञ्ज्युरी टाइममा पनि गोल नहुँदा अतिरिक्त समयको खेल भयो। त्यही अतिरिक्त समयको खेलमा सब्स्टीट्यूड खेलाड़ी लौटारो मार्टिनेजले गोल गरी अर्जेण्टिनालाई च्याम्पियन बनाए। फ्लोरिडाको हार्ड रक स्टेडियममा गत च्याम्पियन अर्जेण्टिनालाई कोलम्बियाले शुरुदेखि नै कड़ा चुनौती दियो। म्याचमा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने कोलम्बियालाई भाग्यले पनि साथ दिएन। अन्तमा इण्टर मिलानबाट खेल्ने फरवर्ड लौटारो मार्टिनेजले दिएको एकमात्र गोलले अर्जेण्टिनालाई लगातार दोस्रोपल्ट च्याम्पियन बनायो। मार्टिनेजले ११२औं मिनटमा जियोवानी लो केल्सोको पासमा गोल गरे। टुर्नामेण्टमा यो उनको पाँचौं गोल हो। यसरी उनले सर्वाधिक गोलदाताको रूपमा गोल्डन बूट पुरस्कार जिते। अर्जेण्टिनाई टीमको यो लगातार तेस्रो प्रमुख खिताब हो। टीमले यसअघि २०२१-मा कोपा अमेरिका अनि २०२२-मा फिफा वर्ल्ड कप जितेको थियो।
फाइनल म्याचमा चोटले गर्दा मेस्सीले मैदान छोड़्नु पऱ्यो। मैदान छोड़ेर बेञ्चमा बसिरहेका मेस्सीलाई भावुक देखियो। उनले ६४औं मिनटमा मैदान छोड़्नु पऱ्यो। मेस्सीलाई यस टुर्नामेण्टको अवधि खुट्टाको चोटले शुरुदेखि नै सतायो। यस चोटले गर्दा नै उनले ग्रुप चरणको एउटा म्याचमा हिस्सा पनि लिएनन्। अन्तमा गएर उनको उपस्थितिमा अर्जेण्टिनाले अझ एउटा ठूलो खिताब जित्यो। सोमवार बिहान हासिल भएको जीतको साथ अर्जेण्टिनाले कोलम्बियाको लगातार २८ वटा म्याचदेखि जारी विजयाभियानमा पनि ब्रेक लगायो। कोलम्बियाई टीम फरवरी २०२२-देखि अजेय रहेको थियो। यसअघि अर्जेण्टिना र कोलम्बियाबीच फाइनल म्याच लगभग २० मिनट ढिलो गरी शुरु भयो। वास्तवमा हजारौं प्रशंसकहरू टिकट बिना नै स्टेडियममा प्रवेश गर्ने प्रयास गरिरहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement