झापा:त्रिशूली नदिमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजी कार्यका लागि एक सय ४९ जनाको सुरक्षा फौज परिचालन गरिएको छ।
सशस्त्र प्रहरीका एसपी एवम् सह प्रवक्ता शैलेन्द्र थापाले बेपत्ताहरूको खोजी तथा उद्धारका लागि एक सय ४९ जनाको सुरक्षा फौज परिचालन गरिएको जानकारी दएका छन्।
उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट डिएसपीको कमाण्डमा ११ गोताखोरसहित ७९ जना, नं. १७ गणबाट डिएसपीको कमाण्डमा ११ जना (चनौली इलाका) र इन्स्पेक्टरको कमाण्डमा २५ जना सिमलताल इलाका बेपत्ताको खोजी कार्य गर्नेछन्।
यसैगरी, सशस्त्र प्रहरी सब इन्स्पेक्टरको कमाण्डमा १५ जना र्याफ्टिङ बोटसहित देवघाट–गोलाघाट इलाका, सशस्त्र प्रहरी सब इन्स्पेक्टरको कमाण्डमा १० जना देवघाट इलाका र शसस्त्र सब इन्स्पेक्टरको कमाण्डमा नौ जना पुलचोक नारायणी नदी किनार इलाकासहित जम्मा एक सय ४९ जना खोजी कार्यको लागि परिचालन भएको छ।
काठमांडूबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमांडूतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा १३ जुलाई शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए। गौरतर्फ गइरहेको बसमा ३८ जना र काठमांडूतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए।
यसैगरी, गत १२जुलाई शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ। भेटिएका शवमध्ये तीन जनाको परिचय खुलेको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो। भेटिएका मध्ये दुई जनाको परिचय खुल्न बाँकी छ।