स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा मानव उत्थान सेवा समितिद्वारा राज्यव्यापी सफाई अभियान आयोजित

IMG-20220814-WA0165.jpg

गान्तोक। ७६औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा मानव उत्थान सेवा समिति, सिक्किम राज्यले आफ्नो विभिन्न तहसिल अनि शाखाहरुमा आज व्यापक सफाई अभियान आयोजन गर्‍यो। स्वतन्त्रताको अमृत महोत्सव पालन गर्दै मानव धर्मका प्रणेता तथा मानव उत्थान सेवा समितिका संस्थापक सतपाल महाराजको दिशा निर्देशनमा गान्तोक शाखाले राजधानी गान्तोकको सोनाम ग्यात्सो मार्गस्थित सम्भाला आश्रमदेखि भानुपथ हुँदै जिरो पोइन्ट, मनन केन्द्र, सदर पुलिस थाना, अस्पताल डाँडा, महात्मा गान्धी मार्ग अनि पुन सोनाम ग्यात्सो मार्गसम्म सफाई अभियान सञ्चालन गरेको थियो। एकल प्रयोग प्लास्टिक बन्द गरौं, वातावरणलाई स्वच्छ राखौं भन्ने नाराको साथ सम्पन्न यो सफाई अभियानको क्रममा मानव उत्थान सेवा समितिका सदस्यहरुले सडक मार्गको दुवै किनार अनि जताततै फ्याँकिएको प्लास्टिक, बोतल तथा फोहोरहरुको सफाई गरियो।

गान्तोक शाखाका सद्स्यहरुद्वारा संचालित यस सफाई अभियानलाई सिक्किम दार्जीलिङ हिमाली क्षेत्र प्रभारी महात्मा अखिलेश बाईजी अनि गान्तोक तहसिल प्रभारी महात्मा निर्मोही बाईजीले अगुवाई गरेका थिए।
यसरी नै पश्चिम सिक्किम गेजिङ जिल्ला अन्तर्गत गेजिङ तहसिल प्रभारी महात्मा चन्द्रकान्ती बाईजीको अगुवाईमा मानव उत्थान सेवा समितिका सदस्यगणले क्योङ्ग्सा खेल मैदान परिसरको व्यापक सफाई गर्‍यो।

सोही प्रकारले पश्चिम सिक्किम सोरेङ जिल्ला अन्तर्गत पक्की गाउँ र दरमदिन अनि दक्षिण सिक्किम नाम्ची जिल्लामा पनि समितिका सदस्यगणले सफाई अभियान आयोजन गर्‍यो। यता पूर्व सिक्किम पाकिम जिल्ला अन्तर्गत रम्फू तहसिलमा महात्मा ज्ञान बाईजीको अगुवाईमा रम्फु खेल मैदानको व्यापक सफाई गर्‍यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *