कोशीमा १५ बर्षिय बालिका बेपत्ता, खोजि कार्य सुरु

IMG-20240714-WA0274

झापा: आज रविवार दिउँसो करिब १ बजेको समयमा सुनसरीको वराहक्षेत्र वडा नं ६ स्थित बोराबाद क्षेत्र नजिक सप्तकोशी नदिमा बेपता भएकी वडा नं ३ इक्राई घर भएकी १५ बर्षिय मनिषा नेपालीको खोजि कार्य भइरहेको छ। नगर प्रमुख रमेश कार्कीको अगुवाई जारि खोजि कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयहरु लागि परेका छन्। नगरपालिकाको र सशस्त्र प्रहरीको पानि बोटसंगै सशस्त्र प्रहरीको गोदखोर टोलीको साहयतामा खोजि कार्य भइ रहेको छ। कोशी नदिमा बेपता भएकी मनिसा साथिहरुसंग कोशी घुम्न गएकि थिईन्। कोशीको छालमा खेल्ने क्रममा मनिषालाई कोशीले बगाएको उनिसंगै गएकि साथिहरुले बताएको इलका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी इन्स्पेक्टर बिकाश राईले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement