जिल्लापाल अनुपा तामलिङले गरिन् आदर्शगाउॅंका विभिन्न ठाउॅंहरूको भ्रमण

n6220554321720981327652e6e9fed4426e91bc67d2c9f7afdb19eb0f749555e2140fdc63ffeed0095155a9

नाम्ची: जिल्लापाल अनुपा तामलिङले आज आदर्शगाउॅंका विभिन्न ठाउॅंहरूको भ्रमण गरेर प्राकृतिक आपदाले सड़क र अन्य पूर्वाधारहरूलाई पुऱ्याएको क्षतिको आकलन गरेकी छन्। स्थानीय समुदायका लागि महत्वपूर्ण सम्पर्क कडी बाटो पैह्रोले निकै क्षति पुऱ्याएको छ।

यस भ्रमणको क्रममा जिल्लापालको साथमा नाम्चीका एडीसी सुभाष घिमिरे, भूराजस्व एवं आपदा प्रबन्धन विभागका उप निदेशक कर्म छोडा भोटिया, सीडीपीओ लक्ष्मण तामाङ र एनएचपीसीका अधिकारीहरू पनि सामेल थिए।

जिल्लापाल तामलिङको अगुवाईमा टोलीले आदर्शगाउॅं क्षेत्रमा क्षतिग्रस्त सड़क मार्गहरूको निरीक्षण गऱ्यो र नयॉं पुल निर्माणका लागि चर्चा पनि गऱ्यो। यस क्रममा टोलीले क्षतिग्रस्त सडकहरूको पुनर्निर्माण योजना, आवश्यक स्रोतको विनियोजन र पूरागर्ने समयसीमाको समीक्षा गरेको बताइएको छ।

यसैगरी, जिल्लापालले आदर्शगाउॅंमा आईसीडीएस सेन्टरको पनि निरीक्षण गर्दै केन्द्रका कर्मचारीहरूसॅंग अन्तरक्रिया गरिन्। उनले केन्द्रको सञ्चालन तथा लाभार्थीहरूलाई सेवा र लाभबारे पनि जानकारी लिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement