गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङलाई ‘गोर्खा गौरव सम्मान’ ले सम्मानित गरिएको छ। नेपाली दैनिक हिमालय दर्पणले आफ्नो २३औं स्थापना दिवसको अवसरमा आज सिलगढीमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्रीलाई सम्मान जनाएको हो।
मुख्यमन्त्री तामाङले उक्त सम्मान सिक्किमे जनतालाई समर्पित गरेको जानकारी आफ्नो आधिकारिक फेसबुक पेजमा गराएका छन्। उनले सिक्किमे जनताको निरन्तर समर्पण र कड़ा परिश्रमकै कारण आफु राष्ट्रकै एकमात्र गोर्खा मुख्यमन्त्रीको रूपमा सेवा गर्न सम्भव भएको जनाएका छन्।
उनले हिमालय दर्पण परिवारलाई २३ वर्ष पूरा गरेकोमा हार्दिक बधाई दिएका छन्। उनले पत्रकारितामा उत्कृष्टता र समर्पणप्रति समाचार पत्रको प्रतिबद्धताले नेपालीभाषी समुदायमा महत्वपूर्ण प्रभाव पारेको बताएका छन्। उनले आगामी वर्षहरूमा पनि यी उच्च मानदण्डहरूलाई कायम राखुन् भनी कामना गरेका छन्।