गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले योग गुरु बाबा रामदेव र बालकृष्ण आचार्यसॅंग भेट गरेका छन्। उनीहरूसॅंग आज मुम्बई एयरपोर्टमा भेट भएको मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमा जानकारी गराएका छन्।उनले योग, आयुर्वेद र कल्याणको क्षेत्रमा योगदानका लागि परिचित यस्ता प्रभावशाली व्यक्तिहरूसॅंग संलग्न हुनु प्रेरणादायी र ज्ञानवर्धक थियो भनी बताएका छन्।