राजाभातखावामा लिगल अवेयरनेस सम्पन्न

0-1a-8e776716-daf6-4915-9424-59ba1d446121

कालचिनी: अलिपुरद्वार सबडिभिजनल लिगल सर्भिस कमिटीको आयोजना तथा चाइल्ड इन नीड इन्स्टीट्यूट सिनिको सहयोगिता र राजाभातखावा ग्राम पञ्चायतको सहभागितामा आइतबार राजाभातखावा ग्राम पञ्चायत भवनमा लिगल अवेयरनेस (कानुनी/वैधानिक सचेतना) सम्पन्न भएको जानकारी सिनिको तर्फबाट दिएको छ। यस सचेतना शिविरमा अलिपुरद्वार जिल्ला सत्रह न्यायालयका विचारक अनिर्वान रोयलगायत अलिपुरद्वार महकुमा कानुनी परिसेवा कमिटीको सचिव विज्ञान बोस, सिनि उत्तरबङ्गाल यूनिट कोर्डिनेटर रतन लामा, सिनि अलिपुरद्वार जिल्ला संयोजक विमान चौधरी, प्रोजेक्ट कोर्डिनेटर प्रिया हल्दार, योगेश लामा, एवम् अन्यान्य समाजसेवीहरुको उपस्थिति रहेको थियो। सो शिविरमा निःशुल्क कानुनी परिसेवा कसरी प्राप्त गर्न सकिन्छ त्यसबारे एसडीएलसीका सचिव विज्ञान बोस र विचारक अनिर्वान रोयले उपस्थित मानिसहरु समक्ष स्पष्ट जानकारी गराएको थियो।

उपरोक्त शिविर सम्बन्धमा सिनि उत्तरबंगाल यूनिट कोर्डिनेटर रतन लामाले मूलतः आजादीको अमृत महोत्सव र हर घर तिरंगा कार्यक्रम चलिरहएकोबीच राजाभातखावामा एसडीएलसीको सहयोगितामा कानुनी तथा वैधानिक सचेतना शिविर सम्पन्न भएको जस मार्फत क्षेत्रको जनसाधारणले निःशुल्क कानुनी परिसेवा प्राप्त गर्न सकियोस भन्ने उद्देश्य रहेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement