पाँचौं टी२०आई-मा भारत ४२ रनले विजयी

IMG-20240714-WA0296

हरारे: भारतले सीरीजको पाँचौं तथा अन्तिम टी२० इण्टरनेशनल क्रिकेट म्याचमा जिम्बाब्वेलाई ४२ रनले पराजित गऱ्यो। यसरी भारत पाँचवटा म्याचको सीरीजमा ४-१-ले विजयी भयो। यहाँको हरारे स्पोर्टर्स क्लबमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो। त्यसपछि जिम्बाब्वेको टीम १८.३ ओभरमा १२५ रन बनाएर अलआउट भयो। जिम्बाब्वेले एक समय ३ विकेटमा ८५ रन बनाइसकेको थियो तर पछिबाट केवल ४० रनमा रहल ७ विकेट को पतन हुँदा टीम लगातार चौथो हारको सम्मुखीन भयो। जिम्बाब्वेबाट डिओन मायर्सले सर्वाधिक ३४ रन बनाए। उनले ३२ बल खेलेर ४ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक तादिवानाशे मारुमानी र फरज अकरमले २७-२७ रनको योगदान दिए। भारतीय पेस बलर मुकेश कुमारले सर्वाधिक ४ विकेट लिए। यसबाहेक शिवम दुबेले पनि २ विकेट हासिल गरे।
म्याचमा पहिला ब्याटिंग गर्ने भारतले पनि एक समय ४० रनमा ३ विकेट गुमाइसकेको थियो। चौथो टी२० म्याचको नायकद्वय यशस्वी जयसवाल (१२ रन) र कप्तान शुभमन गिल (१३ रन)-को ओपनिंग जोड़ीले आज केही खास गर्न सकेन। यसरी अभिषेक शर्मा (१४ रन) पनि चाँड़ैआउट भए। यसरी ३ विकेटको पतनपछि भारतको निम्ति विकेटकीपर ब्याटर सञ्जु सेमसनले मोर्चा सम्हाले। सेमसनले रियान परागसँग चौथो विकेटको निम्ति ६५ रनको पार्टनरशीप गरे। परागले २४ बल खेलेर २२ रन बनाए। यसरी सेमसनले ४ वटा छक्का र एउटा चौकाको साथ ४५ बलमा ५८ रन बनाए। यी दुई आउट भएपछि शिवम दुबेले अन्तिम ओभरहरूमा रिंकू सिंहसँग आक्रामक ब्याटिंग गरे। दुबेले रन आउट हुन अघि १२ बल खेलेर २ वटा छक्का र २ वटा चौकाको साथ २६ रन बनाए। यसरी रिंकू ११ र वाशिंगटन सुन्दर १ रनमा अविजित रहे। भारतका शिवम दुबेलाई प्लेयर अव् द म्याच अनि वाशिंगटन सुन्दरले प्लेयर अव् द सीरीजको पुस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement