ओलम्पिक कुश्तीमा भारतका दुईजना पहलवानलाई वरीयता प्रदान

IMG-20240714-WA0292

लण्डन: पेरिस ओलम्पिकको निम्ति कुश्ती स्पर्धाहरूका निम्ति वरीयताप्राप्त खेलाड़ीहरूका घोषणा गरिएको छ। ओलम्पिकको कुश्ती स्पर्धामा यसपाली पहिलोपल्ट खेलाड़ीहरूलाई वरीयता प्रदान गरिएको छ। वर्ल्ड च्याम्पियनशीपमा काँस्य पदक विजेता भारतीय पहलवान अन्तिम पंघाल र प्रतिभाशाली पुरुष पहलवान अमन सहरावतलाई उनीरूका सम्बन्धित भार वर्गहरूमा चौथो र छैटौं वरीयता प्राप्त भएको छ। यसरी यी दुईजना पहलवानले शुरुवाती खेलहरूमा कठिन प्रतिद्वन्द्वीहरूको सामना गर्नु पर्नेछैन। पेरिस ओलम्पिक २६ जुलाईदेखि शुरु हुनेछ। ओलम्पिकमा वरीयताको फसेला २२०३ वर्ल्ड च्याम्पियनशीप, २२०४ इण्टरकण्टिनेण्टल च्याम्पियनशीपको साथमा जाग्रेब र बुडापेस्टमा ऱ्याङकिंग सीरीजमा पहलवानहरूका प्रदर्शनमाथि आधारित छ। अन्तिमले महिलाहरूकी ५३ किग्रा र अमनले पुरुष फ्रीस्टाइल ५७ किग्रा वर्गमा चुनौती पेश गर्नेछन्। कुश्ती स्पर्धाहरू ५ अगस्तदेखि शुरु हुनेछ अनि खेलहरूका अन्तिम दिन ११ अगस्तमा समाप्त हुनेछ।
यसबीच महिलाहरूकी ५० किग्रा भार वर्गमा प्रतिस्पर्धा गर्ने स्टार भारतीय पहलवान विनेश फोगाटलाई चाहिँ कुनै वरीयता प्राप्त भएन। यस वरीयताले अन्तिमले पदक राउण्ड अघि जापानकी शीर्ष दावेदार अकारी फुजिनामी र चीनकी कियानयु पांगविरुद्ध खेल्नु नपर्ने तय भयो। फुजिनामी दुईपल्टकी वर्ल्ड च्याम्पियन हुन् जबककि पांगले टोक्यो ओलम्पिकमा रजत पदक जितेकी थिइन्। ओलम्पिकमा अंशु मलिक (महिलाहरूकी ५७ किग्रा), निशा दहिया (महिलाहरूकी ६८ किग्रा) र रितिका हुडा (महिलाहरूकी ७६ किग्रा)-ले पनि भारतको तर्फबाट चुनौती पेश गर्नेछिन्। पदक राउण्ड शुरु हुन अघि अमनको चाहिँ जापानका री हिगुची या आर्मेनियाका आर्सेन हारुत्युन्यानसँग भिड़न्त हुनसक्छ। अमनले हंगेरीको ऱ्याङकिंग सीरीजमा हिगुचीविरुद्ध हारको सामना गर्नु परेको थियो। हिगुची रियो ओलम्पिकको रजत पदक विजेता अनि २०२२-को वर्ल्ड च्याम्पियन हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement