सोरेङ: पूर्वोत्तर क्षेत्रका लागि मिसन अर्ग्यानिक भ्यालु चेन डेभलपमेन्ट-को जिल्लास्तरीय अनुगमन समितिको पहिलो बैठक शनिवार जिल्ला प्रशासनिक केन्द्र सोरेङमा जिल्लापाल धिरज सुवेदीको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा अतिरिक्त जिल्लापाल (विकास) गायास पेगा, कृषि विभागका अतिरिक्त निर्देशक प्रणय गुरुङ, अतिरिक्त निर्देशक बागवानी रोविन गुरुङ साथै समितिका सदस्यहरुको सहभागिता रहेको थियो।
बैठकमा जिल्लास्तरीय अनुगमन समितिका अध्यक्ष पनि रहेका जिल्लापाल धिरज सुवेदीले समितिका प्रतिनिधिहरूबाट विभिन्न योजनाको कार्यान्वयन रणनीतिहरू बारे जानकारी लिए। उनले समितिका सदस्यहरूलाई सबै योजनाहरूलाई प्रभावकारी ढङ्गमा लागु गर्न अन्य सम्बन्धित विभाग र निकायहरूसँग पनि समन्वय राख्ने सुझाउ दिए।
बैठक अवधि इण्डियन ग्रामीण सर्विसेस (आइजीएस) का प्रोजेक्ट टीम लिडर विजयकुमार राईले पावर पोइन्ट मार्फत भारतीय ग्रामीण सेवाहरू बारेमा जानकारी दिए र नयाँ किसान उत्पादक सङ्गठन (एफपीओ) को प्रवर्द्धन सम्बन्धित बुँदाहरूमा प्रकाश पारे।