सीबीजीसी अध्यक्ष पदमा पुन: चयनित भए जोसेफ तामाङ

IMG-20240714-WA0287

गान्तोक: समाजसेवी रेभरेन्ट जोसेफ तामाङ पुनः क्रिस्च्यन बरियल ग्राउण्ड कमिटी (सीबीजीसी) का अध्यक्ष चयनित भएका छन्। हिजो स्वास्थ्य एवं संस्कृति मन्त्री जीटी ढुङ्गेलको विशेष उपस्थितिमा राजधानीको डेभलपमेन्ट एरियास्थित बाप्तिस चर्चमा सम्पन्न कमिटीको बार्षिक आमसभामा तामाङलाई आगामी दुई वर्षको निम्ति पुनः अध्यक्ष चयन गरिएको हो। सभामा आरम्भमा २०२२ देखि २४ सम्मको कार्याकाल पुरा गरेको पुरानो कमिटी विघटन गरियो।

यस अवसरमा कार्यकाल पूरा गर्ने अध्यक्ष रेभरेन्ट जोशप लेप्चाले राजधानीको बाकथाङस्थित पुरानो अनि चानमारीस्थित नयाँ बरियल ग्राउण्डमा हाल भइरहेका कार्यहरू बारे सभालाई जानकारी गराए भने महासचिवले वार्षिक प्रतिवेदन अनि कोषाध्यक्षले आय-व्ययको हरहिसाब प्रस्तुत गरेका थिए। यसरी नै सभालाई सम्बोधन गर्दै मन्त्री ढुङ्गेलले बरियल ग्राउण्डमा थप के-कस्ता कामहरू गर्न सकिन्छ भन्ने बारेमा आफ्ना विचारहरू राखे।

सभाको अन्तमा राजधानीका विभिन्न गिर्जाघरलाई प्रतिनिधित्व गरेर उपस्थित भएका ८० भन्दा अधिक रेभरेन्ट, पास्टर र एल्डरहरूको सहभागितामा सीबीजीसी-का नयाँ अध्यक्ष चयन प्रक्रिया सम्पन्न गरियो। सबै प्रतिनिधिले सर्वसम्मतिले एउटै नाम लिएपछि रेभरेन्ट जोशप तामाङ आगामी २०२६ सम्मको लागि पुनः अध्यक्ष चयन गरिएका छन्। यसरी पुनः सीबीजीसी अध्यक्ष चयन भएपछि रेभरेन्ट तामाङको नाममा प्रार्थना गरियो जसलाई एल्डर एलबी राईले नेतृत्व गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement