ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएशनको ट्याक्सी ऱ्याली

IMG_20220814_205215.jpg

नाम्ची: नाम्चीको लोकल ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएशनले आजादीको अमृत महोत्सव पालन गर्दै आज ट्याक्सी ऱ्यालीको आयोजन गऱ्यो। उक्त ऱ्यालीलाई नाम्ची नगर परिषदका अध्यक्ष गणेश राईले राष्ट्रिय झण्डा देखाएर प्रस्थान गराए।
उल्लेखनीय छ, सो ऱ्याली नाम्चीको कार प्लाजा भएर मिडल घुर्पिसे सडक हुँदै भञ्ज्याङ बजार भएर नाम्चीतर्फ फर्किने छ। त्यसपछि नाम्चीको जोरथाङ सडकदेखि कोप्चे फाटक निस्केर कार प्लाजामा फर्किएर ऱ्याली समाप्त हुनेछ। ऱ्यालीमा आवास एवं भवन विभागका अध्यक्ष टाँसी दोर्जे तामाङ, नाम्ची नगर परिषदका उपाध्यक्ष सावित्री तामाङ, पार्षदगण, चौतारी नामक अवकाशप्राप्त सरकारी कर्मचारी संघका प्रतिनीधिगण आदिले सहभागिता जनाएका थिए। आयोजक संगठनका अध्यक्ष सुवास तामाङले ऱ्याली सफल बनाउन सहभागिता जनाउने सबैलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement