खरसाङ: खरसाङमा लाग्ने गोर्खे हाट चालिसौं हप्तामा प्रवेस गरेको छ। गत वर्ष १५ अक्टोबर २०२३ देखि शुरु भएको खरसाङको गोर्खे हाटले चालिसौं सप्ताहमा प्रवेस गरिसकेको छ। खरसाङको टुरिस्ट लजदेखि माथिपट्टि सप्ताहको प्रत्येक आईतबार बिहान ९ बजेदेखि ५ बजेसम्म लाग्ने गोर्खे हाट चालिस हप्ताहमा सफलतापूर्वक पुग्न सफल बनेको छ। चालिस हप्ताहमा पुगेको अवसरमा आज खरसाङको गोर्खे सञ्चालन कमिटी साथै दोकानेहरूले खुशी व्यक्त गरेका छन् भने गोर्खे हाटमा आउने स्थानीय मानिसहरूले पनि खुशी व्यक्त गरेका छन्। विशेष गरेर सञ्चालन समितिको पदाधिकारीहरूले यस अवसरमा खुशीयाली मनाएका छन्। स्थानीय उत्पादनहरूलाई प्रमोट गर्नु साथै स्थानीयहरूलाई रोजगारको अवसर सिर्जना गर्नु एंव ताजा ताजा र अर्ग्यानिक साग सब्जीहरू उपलब्ध गराउनलाई थालिएको खरसाङको गोर्खे हाट लगातार रूपमा सञ्चालन हुँदै चालिसौं हप्ताहमा सफलतापूर्वक पुगेको छ। यस अवसरमा गोर्खे हाटमा आउने ग्राहकहरूले खुशी व्यक्त गर्दै यस गोर्खे हाटमा ताजा र अर्ग्यानिक चीजबीजहरू पाउने गरेको साथै य हाट पुस्ता पुस्तासम्म पुगोस् भनी शुभकामना दिएका छन्।

त्यसरी नै यो गोर्खे हाट चालिसौं हप्ताहमा पुगेको अवसरमा सञ्चालन समितिको सभापति बिजय सेञ्चुरीले सम्पूर्ण खरसाङवासीलाई धन्यवाद दिएका छन्। उनले सबैलाई गोर्खे हाटमा आईदिने अनुरोध पनि गरेका छन्। यसको साथै उनले गोर्खे हाटमा नयाँ नयाँ सामानहरू उपलब्ध गराउन साथै केही छुटको साथमा बिक्री गर्ने प्रयास गरिरहेको पनि बताएका छन्।