जलपाईगढीका युवाहरू लागुऔषधको दुर्व्यसनको शिकार बन्दै

IMG-20240714-WA0226

: जलपाईगढीका युवाहरू लागुऔषधको लतको सिकार बनिरहेका छन्। जलपाईगढी सहरको नेताजी पाडा परेश मित्र कालोनी क्षेत्र रहेको वार्ड नम्बर २५ को स्थानीयले हिजो दुई पटक लागुऔषध दुव्र्यसनीलाई पक्रेर पुलिसको जिम्मा लगाएका छन्। केही समययता यस क्षेत्रमा लागुऔषध दुव्र्यसनी युवाको संख्या बढ्दै गएको आरोप छ। यससँगै यस क्षेत्रमा चोरी, लुटपाथलगायत विभिन्न प्रकारका अराजकता हुने गरेको स्थानीयको गुनासो छ। जलपाईगढीका विभिन्न सर्कलमा पुलिस र आबकारी विभागको भूमिकामा पनि प्रश्नहरू उठिरहेका छन्।

लागुऔषध किन्न पैसा लिन गएको शनिबार दिउँसो एक युवकले आफ्नै परिवारका सदस्यमाथि धारिलो हतियार प्रहार गरेको बताइएको छ। यो खबर स्थानीय युवा तृणमूल कांग्रेसका कार्यकर्ताहरूमा पुग्यो। तृणमूल कार्यकर्ताहरूले युवकलाई पक्रेर सोधपुछ गरे। युवकले नजिकै रहेका अरु युवाहरुको नाम भने। त्यसपछि छिमेकमा खोजी गर्दा थप दुई युवा मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेका थिए। उनी समातिए। पछि कोतवाली पुलिस चौकीमा खबर गरेपछि पुलिसले आएर मादक पदार्थ सेवन गरेका युवकलाई पक्राउ गरी पुलिस चौकी लगेको थियो। यस घटनामा जलपाईगढी कोतवाली थानामा ६ जनाको नाममा लिखित उजुरी दर्ता भएको छ र आबकारी विभागलाई पनि यसबारे जानकारी गराइएको छ।

अर्कोतर्फ शनिबार राति सो क्षेत्रमा लागुऔषध दुव्र्यसनी गर्ने अर्का युवालाई स्थानीयले रंगेहात पक्राउ गरेका छन्। कोतवाली पुलिस चौकीमा खबर गरेपछि पुलिसले उनलाई पक्राउ गरेको थियो। मादक पदार्थ सेवन गरेका युवकका जेठा भाइ हरधन सूत्रधरले भने, ‘मेरो भाइ लागुऔषध दुर्व्यसनी भएकोले राति नै भाईलाई पुलिसको जिम्मा लगाएको छु।‘ यस क्षेत्रका युवा तृणमूल नेता दिपङ्कर झानले शहरमा लागुऔषध दुर्व्यसनीको त्रास बढ्दै गएको बताए। नगरको स्टेशन बजार नजिकैको क्षेत्रमा ब्राउन सुगर, गाजालगायत विभिन्न प्रकारका लागुऔषध किनबेचमा युवाहरुको समुह संलग्न रहेको आरोप छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement