संघश्री क्लबद्वारा रक्तदान शिविर आयोजना

IMG-20240714-WA0225

 जलपाईगढी: जलपाईगढीको संघश्री क्लबले यस वर्ष आफ्नो १२औं स्थापना दिवस मनाउँदैछ। क्लबको स्थापना दिवसको अवसरमा संघश्री क्लबले आज रक्तदान शिविरको आयोजना गरेको छ। उक्त शिविरमा क्लबका सदस्यहरुसँगै सर्वसाधारणले पनि ठूलो संख्यामा रक्तदान गरे। जलपाईगढी सदर अस्पताल ब्लड ब्यांकका चिकित्सक तथा कर्मचारीहरुको सहयोगमा आयोजना गरिएको यस शिविरमा रक्तदान गर्न मानिसहरुको लामो लाइन देखिएको थियो। जलपाईगढी संघश्री क्लबका सदस्यहरूले वर्षभरि विभिन्न सामाजिक कार्यहरू गरिरहने बताए। उनीहरूले कुष्ठरोगीहरूलाई सहयोग गर्नेलगायत विभिन्न प्रकारका सामाजिक सेवाका कामहरू गर्छन्, हाल जलपाईगढी सदर अस्पतालमा रगतको अभावलाई ध्यानमा राखेर यो शिविर आयोजना गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement