जलपाईगढी: सिलगढी फुलबारी नजिकै नुवापाडा नजिक टिस्टा केलेन रोडमा दुर्घटनामा एक प्रवासी मजदुरको मृत्यु भएको छ। युवकको मृत्युले क्षेत्रमा शोकको लहर फैलिएको छ। घटनाको जानकारी अनुसार मोटरसाइकल र सानो चारपाङ्ग्रे गाडी एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। शनिबार राति करिब ८ बजे फुलबारी नहर सडकको नौवापाडा नजिकैको इलाकामा घटना भएको हो। मृत्यु हुने युवकको नाम परिमल सरकार (२३) हो।

युवक राजगञ्जको बिन्नागुरी ग्राम पञ्चायतको अकरीगाछ बोलीका बासिन्दा थिए। स्थानीय श्रोतका अनुसार युवाहरु केहि आवस्यकताका कारण शनिबार एनजेपी गएका थिए। राति मोटरसाइकलमा घर फर्कने क्रममा नहर रोडमा एउटा सानो चारपाङ्ग्रे गाडीसँग ठोक्किएर उनको मृत्यु भएको हो। युवक गम्भीर घाइते भएका छन्। सूचना पाएपछि नयाँ जलपाईगढी थानाको पुलिस घटनास्थल पुग्यो। युवकलाई तत्काल उद्धार गरी उत्तर बंगाल मेडिकल कलेज र अस्पताल लगिएको थियो। त्यहाँ ड्युटीमा रहेका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। ती युवक केरलामा प्रवासी मजदुरको रुपमा काम गर्थे भन्ने थाहा भएको छ। उनी लोकसभा चुनावअघि घर आएका थिए।