सिलगढी: भक्तिनगर पुलिसले लुटपाटको उद्देश्यले भेला भएको आशंकामा चार जनालाई पक्राउ गरेको छ। गएराति सालुगडा क्षेत्रमा रहेको ढाबा अगाडि करिब ८ देखि १० जना लुटपाट गर्ने उद्देश्यले जम्मा भएको गोप्य स्रोतबाट पुलिसलाई सूचना प्राप्त भएको थियो। पुलिसले उक्त क्षेत्रमा छापा मारेको छ। पुलिसलाई देख्ने बित्तिकै अन्य मानिसहरु भागेका थिए तर सादा पोशाकमा उपस्थित भक्तिनगर पुलिस चौकीले चार जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा इस्कॉन मन्दिर रोड इलाका बस्ने २८ वर्षीय सुरज महतो, रंगाली गाउँका २८ वर्षीय प्रवेश तामाङ, इस्लामपुरका १९ वर्षीय साहिल हुसेन र असिघरका ३३ वर्षीय तुबाई चन्द रहेका छन्। पक्राउ परेका आरोपीहरूलाई आइतबार जलपाईगढी अदालतमा पेश गरियो।