बाघडुग्रा: एसएसबीको तर्फबाट स्वतन्त्रता दिवसको ७५औं वर्षगाँठको उपलक्ष्यमा बाघडुग्रा हवाईअड्डामा देशभक्तिपूर्ण सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । रानीडाङ्गा एसएसबीको ४१औं फ्रन्टियरको पहलमा आजादीको अमृत महोत्सवको अवसरमा एउटा कार्यक्रमको आयोजना गरियो। ‘हर घर तिरंगा’ कार्यक्रम अन्तर्गत हवाईअड्डा परिसरमा जवानहरूले झण्डा बोकेर देशभक्तिको नारा लगाए। यसपछि हवाईअड्डाका कर्मचारीहरूले हवाई अड्डा भित्रदेखि ट्याक्सी स्ट्यान्डसम्म एउटा याली पनि निकाले।