२१ जुलाई शहीद दिवसको र्‍यालीलाई सफल बनाउन बाइक र्‍याली निकालियो

IMG-20240714-WA0201

सिलगढी: मुख्यमन्त्री ममता ब्यानर्जीको आदेश अनुसार २१ जुलाईको शहीद दिवसको र्‍यालीलाई सफल बनाउन सम्पूर्ण राज्यमा तयारी भइरहेको छ। तृणमूल कांग्रेसका नेताहरूले यस र्‍यालीलाई सफल बनाउन सबै प्रयास गरिरहेका छन्। यसै शृंखलामा आज दार्जीलिङ जिल्ला युवा तृणमूल कांग्रेस समतालले बाइक र्‍यालीको आयोजना गरेको छ। युवा तृणमूल कांग्रेसको बाइक र्‍याली वार्ड नम्बर ३१ देखि सिलगढीको वार्ड नम्बर ३५ सम्म पुगेको थियो। धर्मतल्ला चलो भन्ने नाराका साथ यो बाइक र्‍याली निकालिएको थियो। दार्जिलिङ जिल्ला (समतल) तृणमूल कांग्रेसका जिल्ला अध्यक्ष पपिया घोषले फेरी पार्टीको झण्डा देखाएर बाइक र्‍यालीको शुभारम्भ गरे। तृणमूल कांग्रेसले २१ जुलाईको र्‍यालीलाई सफल बनाउन जताततै तयारी गरिरहेको छ। जुलाई २१ मा पुलिसले युवा कांग्रेसका समर्थकमाथि गोली चलाएको थियो। त्यतिबेला युवा कांग्रेसकी अध्यक्ष ममता ब्यानर्जी थिइन्। १ जनवरी १९९८ मा मुख्यमन्त्री ममता ब्यानर्जीले तृणमूल कांग्रेसको गठन गरेदेखि यो दिनलाई शहीद दिवसको रूपमा मनाइन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement