जलपाईगुडी: अपराध नियन्त्रण गर्न जलपाईगुडी जिल्ला पुलिसको निर्देशनमा मैनागडी पुलिस थानाले शनिबार राती नाका जाँच गर्यो। मैनागडी थानाका आईसी सुबल घोषको उपस्थितिमा मैनागडी राजमार्ग ट्राफिक र मैनागडी थाना सहित विभिन्न सडकमा चेकिङ गरिएको थियो। पुलिस श्रोतका अनुसार राति अबेरसम्म चेक प्वाइन्ट जारी रहने गरी आपराधिक गतिविधि रोक्न यो पहल गरिएको हो। पुलिसले साना ठूला सबै प्रकारका सवारी साधनको खोजी गरेको थियो। तर, मैनागडीमा कुनै पनि शंकास्पद वस्तु फेला परेको छैन।