प्राध्यापक मेहेरमान सुब्बाद्वारा लिखित ‘नारी विमर्श, लैङ्गिक अध्ययन र नेपाली उपन्यास’ नामक समीक्षात्मक पुस्तकको लोकार्पण

IMG-20240714-WA0271

कालेबुङ: प्राध्यापक मेहेरमान सुब्बाद्वारा लिखित ‘नारी विमर्श, लैङ्गिक अध्ययन र नेपाली उपन्यास’ नामक समीक्षात्मक पुस्तकको लोकार्पण गरिएको छ। उक्त पुस्तकको लोकार्पण नेपाली साहित्य अध्ययन समिति कालेबुङको तत्वावधानमा आयोजित २१०औं भानु जयन्तीको अवसरमा नै लोकार्पण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा दार्जिलिङ हिल युनिभर्सिटीका भारप्राप्त रेजिस्ट्रार सुजातारानी राई, वरिष्ठ साहित्यकार सलोन कार्थक, ज्ञान सुतार, नाट्यकर्मी अरुणप्रकाश राई र तारा लोहारका बाहुलीबाट उक्त पुस्तकको विधिवत लोकार्पण गरिएको छ। यस पुस्तकमा उपन्यासको सैद्धान्तिक पक्ष, भारतीय नेपाली उपन्यासको ऐतिहासिक विकासक्रम, नारी विमर्श र लैङ्गिक अध्ययनका सैद्धान्तिक आधारबारे चर्चा गर्दै त्यसैका आधारमा बाह्रवटा भारतीय नेपाली उपन्यासहरूको विश्लेषण गरेको पाइन्छ। उपन्यास, नारी विमर्श र लैङ्गिक अध्ययनका विद्यार्थीहरू, शोधकर्ता र पाठकका निम्ति उक्त पुस्तक उपयोगी र थप स्रोत हुने जानकारी प्राप्त भएको छ। प्राध्यापक मेहेरमान पिटर सुब्बा क्लुनी वुमेन्स कलेज कालेबुङका प्राध्यापक हुन्। उनको पहिलेबाटै अन्य कृतिहरू प्रकाशित छन्। उनको कृतिहरूमा ‘रचना विवेचना’ (सन् २०१८), ‘अध्ययन समीक्षण’ (सन् २०२३ (लेखन – सम्पादन), ‘हाम्रा पथ प्रदर्शकहरू’ – सन् २०२३ (लेखन- सम्पादन), नारी विमर्श, लैङ्गिक अध्ययन र नेपाली उपन्यास – सन् २०२४ आदि रहेका छन्। उनले भारतीय नेपाली साहित्यमा समालोचना क्षेत्रमा लागातार रूपमा कलम चलाईरहेका छन्। उनले हालमा पीएचडी गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement