राजगञ्ज: राजगञ्जको फुलबारी सीमामा बीएसएफ १७६औं बटालियनको तर्फबाट विभिन्न कार्यक्रमहरूको आयोजना गरियो। स्वतन्त्रता दिवसको ७५औं वर्षगाँठको अवसरमा अमृत महोत्सव कार्यक्रम अन्तर्गत गरिएको थियो। बीएसएफको तर्फबाट आज सीमावर्ती इलाकाको विभिन्न स्कुलका विद्यार्थी तथा स्थानीय मानिसहरूलाई लिएर एउटा ऱ्याली निकालिइयो। सबैले हातमा भारतको राष्ट्रिय झण्डा बोकेर ‘वन्दे मातरम’ र ‘भारत माताकी जय’ नाराको साथमा काँटा तारको बेरा भएर याली सुरू गरियो। यसको साथै बीएसएफद्वारा विभिन्न युद्धहरूमा प्रयोग गरिने हात हतियारको प्रदर्शन गरियो। बीएसएफ अधिकारीहरूले बङ्ग्लादेशको बर्डरमा तैनाथ जवानहरूलाई मिठाईको प्याकेट दिएर बधाई पनि दिए यस सम्बन्धमा बीएसएफ सिलगढी डिभिजनके डीआईजी एनएस आउजलाले बताए अनुसार आउँदो पिंढीलाई स्वतन्त्रता दिवस र राष्ट्रिय ध्वजको महत्व बुझाउन साथै राष्ट्रिय झण्डाको महत्व सदैव स्मरण गराउने उद्देश्य लिएर उक्त ऱ्यालीको आयोजना गरिएको हो।