हाईड्रोपावर विग्रिएपछि फुर्केटारका ४४ घरधुरी अन्धकारमा बस्न बाध्य

IMG-20240714-WA0009

झापा: मोरङको लेटाङ नगरपालिका वडा नं‍ ७ स्थित फुर्केटारमा सञ्चालित पिको हाईड्रोपावर बिग्रिएपछि त्यहाँका ४४ घरधुरी अन्धकारमा बस्न बाध्य छन्।स्थानिय ताक्चुवा खोलावाट १० किलोवाट क्षमताको यो हाईड्रोपावर वि.सं. २०१७ सालदेखि सञ्चालनमा आएको थियो। तर, एक महिना अघि टरवाईनमा आएको खरावीका कारण यो हाईड्रोपावरले विद्युत् उत्पादन गर्न सकेको छैन।यो समस्या समाधान गर्न अहिलेसम्म कुनै पहल नहुँदा स्थानियवासीहरू निकै प्रभावित भएका छन्। बिजुलीको अभावमा रातमा अन्धकार हुने र घरायसी कामकाजमा पनि कठिनाइ उत्पन्न भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement