नयाँ दिल्ली: इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४-मा निराशाजनक प्रदर्शनपछि रिकी पण्टिंगले दिल्ली क्यापिटल्स टीमको प्रशिक्षक पद गुमाएका छन्। फ्रेञ्चाइजीले अष्ट्रेलियाका यस पूर्व क्रिकेटरलाई पदबाट हटायो। दिल्ली क्यापिटल्सले सोशल मीडियामा यस्तो जानकारी दिएको छ। पण्टिंग गत ७ सालदेखि टीमको हिस्सा थिए। फ्रेञ्चाइजीसँग यति लामो कार्यकालपछि पनि उनले टीमलाई एकपल्ट पनि च्याम्पियन बनाउन सकेनन्। यस साल भएको आईपीएल-को १७औं संस्करणमा पनि दिल्ली क्यापिटल्स पोइण्ट्स टेबलमा छैटौं स्थानमा रहेर प्लेअफ्-मा स्थान बनाउनदेखि चुकेको थियो। दिल्ली क्यापिटल्सले रिकी पण्टिंगलाई प्रशिक्षक पदबाट हटाइएको जानकारी सोशल मीडियाको माध्यमले दिएको छ। फ्रेञ्चाइजीको तर्फबाट लेखिएको छ, ७ सीजनपछि दिल्ली क्यापिटल्सले रिकी पण्टिंगसँग अलग हुने फसेला गरेको छ। यो एउटा असाधारण यात्रा रह्यो। प्रशिक्षक, प्रत्येक चीजको निम्ति धन्यवाद। उल्लेखनीय छ, पण्टिंग २०१८-मा मुख्य प्रशिक्षकको रूपमा दिल्ली क्यापिटल्समा सामेल भएका थिए। उनको कार्यकालको अवधि टीम २०२०-मा चाहिँ फाइनलमा पुगेको थियो तर मुम्बई इण्डियन्सविरुद्ध ५ विकेटले पराजित भएको थियो। साल २०२२-देखि चाहिँ टीमले लगातार तीन सीजन प्लेअफ्-मा स्थान बनाउन सकेन। पण्टिंगले पद गुमाएपछि दिल्ली क्यापिटल्सले चाँड़ै नयाँ प्रशिक्षकको नामको घोषणा गर्नेछ अनि अहिले यस पदको निम्ति भारतका पूर्व क्रिकेटर सौरभ गांगुलीलाई प्रबल दावेदार मानिएको छ। पूर्व भारतीय कप्तानले पण्टिंगको कार्यकालको अवधि टीममा सल्लाहकारको भूमिका निर्वाह गरेका थिए।