नक्सलबारी: गोसाईपुरको उत्तराबाट नक्सलबारी हुँदै पानीट्याङ्कीसम्म स्वाधीनताको ७५औं वर्ष पुरा गरेको अवसरमा आज दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसको अल्पसंख्यक सेलको पहलमा राष्ट्रिय झण्डा लिएर बाइक यालीको आयोजना गऱ्यो। उक्त ऱ्यालीमा तृणमूल कङ्ग्रेसका दार्जिलिङ जिल्ला अल्पसंख्यक सेलका सभापति महीबुल ईस्लाम, नासिम खान लगायत अन्य उपस्थित थिए। यस अवसरमा महीबुल ईस्लामले भने, स्वाधीनताको ७५ औं वर्षगाँठको अवसरमा उक्त न्यालीको आयोजना गरिएको हो। स्वाधीनता संग्रामको इतिहासमा अल्पसंख्यहरूको योगदान रहेकोले गर्दा ती सबै स्वतन्त्रता संग्रामीहरूलाई श्रद्धा जनाउनको लागि उक्त प्यालीको आयोजना गरिएको हो।