अहिलेसम्म देशभर ८३ जनाको मृत्यु, १०६ घाइते

IMG-20240711-WA0083

बिराटनगर: अविरल वर्षाका कारण आएको बाढी–पहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार गत जुन १०देखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ। गत जुन १०देखि आज बिहानसम्म बाढीपहिरामा परेर एक सय ६ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं डिआईजी दानबहादुर कार्कीले जानकारी दिए। अहिलेसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएका छन् भने ५१ पुरुष, ३६ महिला र १९ बालबालिका घाइते भएका छन्। सो अवधिमा बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायाको क्षति भएको छ। यसैगरि एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिएका छन्। वर्षा र पहिरोका कारण आठ सय ५८ परिवार विस्थापित भएका छन्। बाढीपहिरोमा परेकाको उद्धारका लागि अहिलेसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको जनाएको छ। यस्तै देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ। यस्तै, एक सय ६१ घर डुबानमा परेको र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। देशभर दुई हजार नौ सय ५४ परिवार विस्थापित भएका छन्। सो घटनामा १० करोड ७० लाख ४० हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement