नाम्चीकी जिल्लापालले गरिन् सिद्देश्वर धामका प्रशासन, विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरूसँग बैठक

IMG-20240710-WA0271

गान्तोक: नाम्ची जिल्लाकी जिल्लापाल एवम सिद्देश्वर धाम ट्रस्टकी अध्यक्ष अनुपा तामलिङले आज धामका प्रशासनिक अधिकारी साथै प्रतिनिधि र नाम्ची जिल्लाका विभिन्न संस्थाका प्रतिनिधिहरूलाई लिएर एक बैठकको आयोजना गरिन्। आजको यस बैठकमा महकुमा अधिकारी (मुख्यालय) गोपाल कुमार छेत्री, महकुमा अधिकारी शरण कालिकोटे लगायत विभिन्न विभागका अधिकारी लगायत विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरूले पनि अंशग्रहण गरेका थिए। यस बैठक आयोजना गरिनुको मुख्य लक्ष्य र उद्देश्य आगामी १६ जुलाईदेखि १२ अगस्तसम्म पालन गरिने श्रवण पर्वबारे छलफल गर्न साथै योजना निर्माण गर्नु रहेको थियो।बैठकलाई सम्बोधन गर्दै जिल्लापालले सावन महिनालाई ध्यानमा राख्दै धाम परिसरमा सर सफाई साथै स्वच्छ राख्नुपर्ने धामका प्रशासनलाई निर्देश दिएकी छन्। सावन महिनामा विशेष गरेर राज्यका विभिन्न जिल्ला, र देशको विभिन्न राज्यबाट पनि भक्तजन पूजा अर्चनाको निम्ति आउने भएकोले यस विषयमा प्रशासनले अधिक ध्यान दिनुपर्ने सुझाउ दिएकी छन्। यसरी नै उनले भक्तजनको निम्ति शुद्ध पिउने पानी, औषधि, जिरो वेस्ट मेनेजमेन्टको निम्ति स्वंम सेवकहरू खटाउनु पर्ने आग्रह गरेकी छन्। आगामी २२ जुलाईदेखि भक्तजनको निम्ति भण्डारा आयोजना गरिनु पर्ने र यसको निम्ति विभिन्न संगठनका स्वयं सेवकहरूले सेवा पुऱ्याउनु पर्ने अपील गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement