सोरेङ स्कूलमा भानु जयन्ती समारोहबारे विभिन्न कार्यक्रम शुरू

IMG-20240710-WA0269

गान्तोक: सोरेङ स्कूलको स्वर्ण जयन्ती रंगशाला र सोरेङ स्कूलो बीआरसी हलमा आजदेखि २१०औं भानु जयन्तीलाई लक्षित गर्दै कार्यक्रम आरम्भ भएको छ। सो कार्यक्रममा सोरेङ जिल्लाकी जिल्ला पञ्चायत अध्यक्ष तिला देवी गुरुङ मुख्य अतिथिको रूपमा उपस्थित रहेकी थिइन भने उनको साथमा भानु जयन्ती समारोह समितिका अध्यक्ष एवं जिल्लापाल धिराज सुवेदी, पुलिस अधिक्षक नहकुल प्रधान लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

आजको यस कार्यक्रममा मुख्य आकर्षण सोरेङ जिल्ला अन्तर्गत अन्तर बीएसी रामायण पाठ प्रतियोगिता, अन्तर विभाग नृत्य प्रतियोगिता, अन्तरविद्यालय स्वरचित कविता प्रतियोगिता, अन्तरविद्यालय तत्काल भाषण प्रतियोगिता र अन्तरविद्यालय तर्क प्रतियोगिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement