तेस्रो टी२०-मा भारत २३ रनले विजयी

IMG-20240710-WA0266

हरारे (जिम्बाब्वे): भारतले प्रभावशाली प्रदर्शनको क्रम जारी राख्दै तेस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा जिम्बाब्वेविरुद्ध २३ रनले जीत हासिल गऱ्यो। यसको साथै भारतले ५ वटा म्याचको सीरीजमा २-१ को बढ़त हासिल गऱ्यो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ४ विकेट गुमाएर १८२ रन बनायो। त्यसपछि जिम्बाब्वेले ६ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो। एक समय केवल ३९ रनमा ५ विकेट गुमाए पनि जिम्बाब्वेले अन्तसम्म लड़ाइँ गऱ्यो। डिओन मायर्सले सर्वाधिक अविजित ६५ रन बनाए। उनले ४९ बल खेलेर ७ वटा चौका र एउटा छक्का लगाए। यसरी विकेटकीपर ब्याटर क्लाइव माडाण्डेले ३७ रनको योगदान दिए। उनले २६ बल खेलेर २ वटा छक्का र २ वटा चौका लगाए। मायर्सले छैटौं विकेटको निम्ति माडाण्डेसँग ७७ रन अनि वेलिंगटन मसाकाजा (अविजित १८)-सँग सातौं विकेटको निम्ति ४३ रनको अटूट पार्टनरशीप गरे। भारतीय बलरहरूमा स्पिनर वाशिंगटन सुन्दरले सर्वाधिक ३ विकेट लिए।
यसअघि हरारे स्पोर्ट्स क्लबमा पहिला ब्याटिंग गर्दै भारतको तर्फबाट कप्तान शुभमन गिलले सर्वाधिक ६६ रन बनाए। उनले ४९ बल खेलेर ७ वटा चौका र 3 वटा छक्का लगाए। गिलले यशस्वी जयसवालसँग पहिलो विकेटको निम्ति ४९ बलमा ६७ रनको पार्टनरशीप गरी भारतलाई असल शुरुवात दिलाए। जयसवालले २७ बल खेलेर ४ वटा चौका र २ वटा छक्काको साथ ३६ रन बनाए। भारतले जयसवाल र अभिषेक शर्मा (१०) लाई भटाभट गुमाउँदा स्कोर २ विकेटमा ८१ रन रहेको थियो। त्यहाँबाट गिलले रुतुराज गायकवाड़सँग मिलेर ७२ रनको पार्टनरशीप गरे। गायकवाड़ले ४ वटा चौका र ३ वटा छक्काको साथ २८ बलमा ४९ रन बनाए। सञ्जु सेमसन १२ र रिंकू सिंह १ रनमा अविजित रहे।

जिम्बाब्वेका बलरहरूमा ब्लेसिंग मुजरबानी र कप्तान सिकन्दर रजाले २-२ विकेट लिए। वाशिंगटन सुन्दरले प्लेयर अव् द म्याचको पुरस्कार जिते। यी दुई टीमबीच चौथो टी२० म्याच १३ जुलाईमा खेलिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *