गान्तोक: जिल्ला महिला सशक्तिकरण योजना अन्तर्गत आज पाकिम जिल्लामा मिशन शक्ति योजनाको निम्ति महिला एवम वाल विकास विभागको पहलमा महिलाहरूको निम्ति एक दिवसीय सचेतना कार्यक्रम आयोजना गरियो। यस कार्यक्रमको थिम भारतीय न्याय सनिता रहेको थियो भने सो कार्यक्रम पाकिम जिल्लाको एसआरएलएम व्लकको आरडीडी कार्यालयमा सम्पन्न भएको थियो। सो कार्यक्रम आयोजना गरिनुको मुख्य लक्ष्य र उद्देश्य महिलाहरूलाई उनीहरूको हक र अधिकारबारे सचेतना गराउनु रहेको थियो। कार्यक्रममा स्रोतवक्ताकोरूपमा पाकिम जिल्लाका एसएचओ प्रदीप छेत्री रहेका थिए भने उनले आफ्नो संक्षिप्त सम्बोधनमा भारतीय न्याय सनिता योजनाबारे जानाकरी गराए। उक्त योजना गत १ जुलाईदेखि शुरू भएको र भारतीय न्याय संहिता सनिताबारेमा अवगत गराए। उनले भारतीय न्याय संहिताले भारतीय दण्ड संहितामा रहेका कमजोरी र अस्पष्टताहरूलाई सम्बोधन गर्न यस योजनामा प्रयास गरेको थप जानकारी गराए। नागरिकहरूको विशेष गरी महिला, बालबालिका र सीमान्तकृत समूहहरूको संरक्षणका लागि थप प्रभावकारी ढङगमा यस योजना शुरू गरिएको उनले अवगत गराए।