सिक्किमकी एक महिलाको दिल्लीमा रहस्यमय ढङ्गमा मृत्यु

IMG-20240710-WA0259

गान्तोक: सिक्किम राज्यको सोरेङ जिल्लाबाट दिल्ली काम गर्न गएकी एक महिलालाई मृत अवस्थामा फेला पारिएको छ। विशेष गरेर उक्त घटना हिजो ९ जुलाईको हो। मृतक सोरेङ जिल्लाको सिङलिङ निवासी रहेको थाह लागेको छ भने उनी गत केही दिन अघिदेखि दिल्लीमा काम गर्दै आइरहेकी थिइन्। उनको मृत शरिर नेहरू पार्कमा घुम्न आउने पर्यटकहरूले देखेपछि स्थानीय पुलिसलाई सूचित गरिएको थियो। उनको शवलाई चिन्हित गर्नको निम्ति उनका परिवार दिल्ली पुगेका थिए। यस घटनालाई गम्भीरता पूर्वक लिँदै दिल्ली पुलिसले घटनाको जाँच शुरू गरेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement