राज्यका दस जना पर्वतरोही टोलीलाई मुख्यमन्त्रीले झण्डा हल्लाएर प्रस्थान गराए

IMG-20240710-WA0257

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज आइएचसीएइ चेम्चेका पर्वतरोहीहरूलाई झण्डा हल्लाएर प्रस्थान गराए। उक्त टोलीले लदाखको दुई वटा पर्वत काङग्यास्ता जसको उँचाई ६ हजार चार सय मिटर र मार्खा भेल्ली जसको उँचाई ६ हजार चार सय रहेको छ। यस टोलीमा कूल १० जना सदस्यहरू रहेकाछन्।मुख्यमन्त्री तामाङले आज उनको सरकारी निवास मिन्तोगाङ परिसरमा भेट गर्दै सबैलाई खदा लगाएर शुभकामना दिएका छन्।यस टोलीको नेतृत्व राजीब राई र शान्ति राईले गरेका छन्। पत्रकाहरूसँग कुराकानी गर्दा मुख्यमन्त्री तामाङले सर्व प्रथम टोलीलाई सफलताको निम्ति शुभकामना दिए। सिक्किमको टोलीले त्यहाँ पुगेर लदाखको पर्यटन क्षेत्रको पनि अवलौकन गर्ने जानकारी गराएका छन्। सोही प्रकारले उनले राज्य सरकारको तर्फबाट हुन सक्ने सबै प्रकारको सहयोग पनि प्रदान गर्ने टोलीलाई बचन दिएका छन्। यसै क्रममा चेम्चेका संयुक्त निर्देशक काजी शेर्पाले ले लदाखमा रहेको दुईवटा पर्वत आरोहण गर्नको निम्ति दस जनाको टोली भोलि लदाख प्रस्थान गर्ने भएको बताए। यस टोलीले पहिलो पल्ट पर्वत आरोहण गर्न गइरहेको र यस टोलीको नेतृत्व राजीब राई र शान्ति राईले गर्ने भएका छन्। यो एक्पिन्डिचर एक महिना लामो रहने पनि उनले सम्भावना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement