सिलगढीको हाकिमपाडा चोरी मामिलामा दुईजना पक्राउ

IMG-20240710-WA0254

सिलगढी: सिलगढीमा चोरी घटनाको जाँचमा पुलिसले दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरू पलास मण्डल र संजीव सूत्रधरको रूपमा चिन्हित गरेको छ। पक्रा परेका संजीव सूत्रधर एउटा सुन दोकानका कर्मचारी हुन्। पुलिस सूत्र अनुसार, गत ३ जुलाई सिलगढीको हाकिमपाडामा एउटा घरमा चोरी हुँदा बदमाशहरूले सुनका गहनाहरू, १८ हजार रूपियाँ नगद लगायत केही कागज पत्रहरू चोरी गरेका थिए। यसबारे सिलगढी थानामा लिखित अभियोग दर्ता गरेको थियो। जाँच अवधि पुलिसलाई थाहा लागे अनुसार डोरीमा हुक लगाएर चोरीको घटनालाई अञ्जाम दिएको थियो। यसपछि पुलिसले ७ तारीख पलास मण्डललाई डाबग्राम इलाकाबाट पक्रिएको थियो। आरोपीको घरबाट चोरी गरेको ब्याग सहित ३१०० रूपियाँ अनि कागज पत्रहरू उद्धार गरेको थियो।
यसपछि पलास मण्डललाई अदालतमा पेश गरेपछि पुलिस हिरासतमा लिएर सोधखोज गर्दा तिनले ७ ग्राम सुन एउटा सुन दोकानको कर्मचारीलाई बिक्री गरेका थिए। पुलिसले खुदीरामपल्लीको एउटा सुन दोकानमा गत राती छापेमार अभियान चलाएर उक्त ७ ग्राम सुन सहित संजीव सूत्रधरलाई पक्राउ गरेको छ। तिनलाई आज सिलगढी महकुमा अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *