खरसाङ: खरसाङमा स्वतन्त्रता दिवस पालन गरिने विषयमा आज खरसाङमा सभा सम्पन्न भएको छ। खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङको अध्यक्षतामा सम्पन्न सभामा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू साथै सूचना अनि सांस्कृतिक विभाग र विभिन्न विद्यालयहरूका शिक्षक शिक्षिकाहरू उपस्थित रहेका थिए। सभामा सबैको सर सल्लाह अनुसार यसपालीको स्वतन्त्रता दिवस कार्यक्रम भव्य रूपमा खरसाङको चानमारी खेल मैदानमा आयोजना गरिने भएको छ। यसको साथै यसपालीको स्वतन्त्रता दिवस कार्यक्रम आयोजना गर्नलाई आयोजक कमिटी गठन गरिएको छ। उक्त कमिटीमा अध्यक्षको रूपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङलाई राखिएको छ। त्यसरी नै कमिटीमा खरसाङ नगरपालिका, सूचना अनि सांस्कृतिक विभाग, विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू र विभिन्न विद्यालयहरूका शिक्षक शिक्षिकाहरूलाई समावेस गरिएको जानकारी प्राप्त भएको छ। सभामा उपस्थित सबैले आफ्नो आफ्नो तर्फबाट सल्लाह सुझावहरू प्रस्तुत गरेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले यसपालीको स्वतन्त्रता दिवस समारोह पालन गर्नलाई खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङको अध्यक्षतामा सभा सम्पन्न भएको छ। सभामा नगरपालिका, सूचना अनि सांस्कृतिक विभाग, खरसाङका विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू साथै विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरू उपस्थित रहेको जानकारी गराएका छन्। उनले यसपाली स्वतन्त्रता दिवस कार्यक्रम खरसाङको चानमारी खेल मैदानमा आयोजना गरिने भएको जानकारी गराएका छन्। भाइस चेयरम्यान सुवास प्रधानले स्वतन्त्रता दिवस समारोह आयोजनाक लागि चेयरम्यान ब्रिगेन गुरुङको अध्यक्षतामा कमिटी पनि गठन गरिएको जानकारी गराएका छन्। उनले अघिल्लो चरणको सभामा सबैलाई उपस्थितिको लागि आह्वान् पनि गरेका छन्।