मङपू ब्लेस इसाई समाजद्वारा वृक्ष रोपन

IMG-20240710-WA0231

मङपू: आज मङपू ब्लेस इसाई समाजद्वारा रेसेप विभागअन्तर्गत पर्ने भाइमारा गोलाई परिसर एवं माङखीम जाने बाटो क्षेत्रमा वृक्ष रोपन गरेको छ। २५ मई २०२४ को दिन स्थानीय सिलोआम मण्डली लाब्दामा ब्लेस मङपूको गठन भए पश्चात यो प्रथमपल्ट वृक्ष रोपन कार्य सम्पन्न गरेको होl आगमी दिनहरुमा यस समुहद्वारा अझ थुप्रै सामाजिक अनि आत्मिक कार्यहरु गर्दै जाने जानकारी प्राप्त भएको छ। आजको कार्यक्रम ब्लेस मङपूका सभापति पास्टर एडमन कार्थकद्वारा प्रार्थना गरेर शुरु गरिएको थियो भने उपस्थित मङपूका सम्पूर्ण मण्डलीप्रति आभार प्रकट गरियो। कार्यक्रमलाई समाजका सचिव मिक्का देवान अनि सभापति पास्टर एडमन कार्थकले छोटो सम्बोधन गरे। पास्टरहरुले वृक्षरोपन कार्यक्रममा  उपस्थित दिनु हुने सबैलाई  आभार व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement