सोनादा: अग्नि पिडित रिता छेत्रीलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले सहयोग गरेका छन्। गत केही दिन अघि मुण्डाकोठी प्रधान गाउँ निवासी रिता छेत्रीको घरमा आगलागीको घटना घटेको थियो अनि उक्त आगलागीको घटनाको घर परिवारमा मन मुटाउको कारणले भएको बताइएको छ। आफु बास बस्ने घर नै आगो लगाई दिएपछि अग्नि पिडित रिता छेत्रीले सामाजिक सञ्जालमा आफ्नो दु:खेसो पोख्दै सहयोगको गुहार लगाएका थिए। सामाजिक सञ्जालमा अग्नि पिडित रिता छेत्रीको विलौना सुनेर हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स निकै मर्माहित बनेका थिए अनि अग्नि पिडित रिता छेत्रीलाई सहयोग पुराउने वचन दिएका थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स विसन्चो भएर रिता छेत्रीलाई भेटन जान सकेनन् तर उनले आफ्नो वचनको मान राख्दै पार्टी केन्द्रीय उपाध्यक्ष एंव सभासद रोवर्ट छेत्री लगायत पार्टीको केन्द्रीय नेतृत्वहरूलाई पठाएका थिए। हाम्रो पार्टी केन्द्रीय उपाध्यक्ष सभासद रोवर्ट छेत्रीले अग्नि पिडित रिता छेत्री लगायत उनको परिवारसंग भेट गरेर सहयोग प्रदान गरेका छन्। उपाध्यक्ष छेत्रीले भने, गत केही दिन अघि रिता छेत्रीको घरमा आगलागीको घटना भएको थियो अनि उक्त घटना घर परिवारमा मन मुटाउको कारण भएको थियो। आरोपी अहिले पुलिस हिरासतमा छ।अग्नि पिडित रिता छेत्रीले सामाजिक सञ्जालमा विलौना पोखेको देखेर पार्टी अध्यक्ष अजय एडवाडर्स स्वयम आउने भएको थियो तर विसन्चो भएको कारणले आउन सकेनन् अनि हामीलाई गएर सहयोग गर्ने अनि आफ्नो संदेश सुनाई दिने निर्देश जारी गरेको हुनाले हामी यहाँ आएका हौं। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अग्नि पिडित रिता छेत्रीको विमारी छोरीलाई उपचार आदिको जरूरत परेको खण्डमा त्यो पनि गरी दिने हामीलाई संदेश पठाउनु भएको छ साथै आफु सन्चो भएपछि अग्नि पिडित रिता छेत्रीसंग भेटन आउँने वचन दिएको उपाध्यक्ष छेत्रीले बताए। आफु अग्नि पिडित रिता छेत्री र गाउँहरूलेसंग भेट भएपछि पञ्चायतले सानो सहयोग मात्र दिएको सुन्नमा आएको हाम्रो पार्टी उपाध्यक्ष छेत्रीले बताए।तिनले अघि भने म समस्त जनता समक्ष अनुरोध गर्न चाहान्छु अग्नि पिडित रिता छेत्रीलाई सबैले सहयोगको हात बडाई दिनोस। जति पनि संघ संस्थाहरू छन् साथै जति पनि राजनैतिक दलहरू छन् सबैले अग्नि पिडित रिता छेत्रीलाई खुूल्ला ह्रदयले सहयोग गरी दिने हाम्रो पार्टी उपाध्यक्ष एंव सभासद रोवर्ड छेत्रीले अनुरोध गरेका छन्।