स्थानीय रामकृष्ण शर्मा अनि अधिवक्ता बिरेन्द्र रसाईलीद्वारा खरसाङ नगरपालिकामाथि आरटीआई फाइल

IMG-20240710-WA0198

खरसाङ: खरसाङ नगरपालिकालाई गत ४० दिन अघिदेखि लगातार रुपमा खरसाङ नगरपालिकाले नगरवासीका निम्ति विभिन्न विभागमा गरिरहेको कार्यको जानकारी स्थानीय रामकृष्ण शर्माले मागिरहेका थिए। नगरपालिकाले ४० दिन बितिसक्दा पनि जानकारी नदिएर केवल आश्वासन मात्र दिइरहेकोले मङ्गलबार उनी पुनः जानकारी माग्न नगरपालिका कार्यालय जाँदा नगरपालिकाका भाइस चेयरम्यानले उक्त रिपोर्ट दिन सोझै मनाही गरेको भन्दै आज कानुनी रुपमा अधिवक्ता बिरेन्द्र रसाईलीसँग नगरपालिका कार्यालय पुगेर दुवैले आरटीआई फाइल गरेका छन्। यसै नगरपालिका चुनाव विषय लिएर आफू कलकत्ता गइ निर्वाचन आयोगमा ज्ञापन चढाएको अनि भेटघाट गरी आज मात्रै फर्किएको अधिवक्ता बिरेन्द्र रसाईलीले बताएका छन्। अब कानूनी रुपमा आरटीआई गरिसकेपछि जवाफ आउने आशा व्यक्त गर्दै अधिवक्ता रसाईलीले जवाफ आएपछि अघि कस्तो प्रकारको थप कानूनी कार्यहरू गर्नु पर्ने ती कुराहरू जानकारी गराउने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement