खरसाङ आदर्श विद्यालयमा शोक सभा सम्पन्न

IMG-20240710-WA0196

खरसाङ: खरसाङको आदर्श विद्यालयमा भूतपूर्व शिक्षिका सुकुमाया गुरुङको निधनमा शोक सभा सम्पन्न भएको छ। उक्त शोक सभा विद्यालयको शिक्षक प्रभारी निमा लेप्चाको अध्यक्षतामा सम्पूर्ण शिक्षक शिक्षिकागण र विद्यार्थीहरूलाई लिएर सम्पन्न भएको छ। उक्त शोक सभामा विद्यालयको पूर्व शिक्षिका सुकुमाया गुरुङको निधनमा गहिरो शोक श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरिएको छ। यस शोक शोक सभामा पूर्व शिक्षिका सुकुमाया गुरुङ कर्तव्यनिष्ठ रहेको र सदैव आफ्नो कार्यमा इमान्दार रहेको र सबैसित मिलनसार रहेको पनि बताएका छन्। उनी आफ्नो कर्तव्य निष्ठापूर्वक पालन गर्ने गरेको साथै विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्नलाई सदैव तत्पर रहेकी थिइन् भनी वक्ताहरूले बताएका छन्। खरसाङ आदर्श विद्यालयकी पूर्व शिक्षिका सुकुमाया गुरुङको गत 8 जुलाईको दिन ६१ वर्षको उमेरमा निधन भएको थियो। उनले खरसाङ आदर्श विद्यालयमा २०२१ देखि कार्य गर्दै नोभेम्बर २०२३ मा अवकाशप्राप्त भएका थिए। उनको निधनले शिक्षा क्षेत्रमा ठूलो क्षति भएको बताइएको छ भनी आदर्श विद्यालयको पक्षबाट दयाराम शर्माले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement