एसएसबीद्वारा १.७३० किलो ब्राउन सुगरसहित एक जना पक्राउ

IMG-20240710-WA0175

सिलगढी: करिब डेढ करोडको ब्राउन सुगर तस्करी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। खोरीबारीको रामधन जोटामा तस्करले ब्राउन सुगर बोकेको गोप्य स्रोतबाट एसएसबी न० ४१ गणका सिपाहीले जानकारी पाएका थिए। शंकाको आधारमा एक व्यक्तिलाई खोजतलास गर्दा उसको साथबाट १ किलो ७३० ग्राम ब्राउन सुगर बरामद भएको थियो। त्यसपछि तत्कालै ती व्यक्तिलाई पक्राउ गरियो। आरोपीको पहिचान मुर्शिदाबाद निवासी रहमत शेखको रूपमा गरिएको छ। पछि एसएसबीले पक्राउ परेका अभियुक्तलाई खोरीबारी पुलिसलाई सुपुर्द गर्यो। आरोपीलाई आज सिलगढी सब डिभिजनल अदालतमा पेश गरिनेछ। पक्राउ पर्नेमा अरु को को संलग्न छन् भन्नेबारे पुलिसले अनुसन्धान गरिरहेको छ। बरामद ब्राउन सुगरको बजार मूल्य करिब डेढ करोड रुपियाँ रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement