जलपाईगढी: जलपाईगढी नगरपालिकाले नागरिकहरूलाई उचित सेवा प्रदान नगरेको आरोप लगाउँदै, बुधवार शहर ब्लक कांग्रेस कमिटीद्वारा जिल्लापाल कार्यालय अभियानको आयोजना गरियो। शहर ब्लक कांग्रेस कमिटीका नेता तथा कार्यकर्ताले जलपाईगढी नगरपालिकामा भ्रष्टाचार व्याप्त भएको गुनासो गर्दै शहर ब्लक कांग्रेस कमिटीले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन्। जलपाईगढी नगरपालिका नागरिक सेवा प्रदान गर्न असफल भएको छ। योसँगै अरु धेरै गुनासोहरु छन्। यी गुनासोलाई लिएर जिल्ला प्रमुखको कार्यालय अगाडि अभियान चलाइएको थियो। शहर कांग्रेस कमिटीका अध्यक्ष अमलन मुन्शीले जलपाईगढी नगरपालिकाले शहरका २५ वटा वार्डका नागरिकलाई सेवा दिन असफल भएको बताए। उनले भने, ‘उनीहरु सडकदेखि खानेपानीसम्म सबै पक्षमा असफल भएका छन्।‘