सिलगढी: चोरीको घटना अनुसन्धान गर्दा सिलगढी पुलिसले एक व्यक्तिलाई पक्राउ गरेको छ। आरोपीको साथबाट सात ग्राम सुन बरामद भएको छ। यो महिनाको ३ तारिखमा हाकिमपाडा क्षेत्रको एक घरमा चोरी भएको थियो। ४ तारिख उजुरी परेपछि पुलिसले घटनाको अनुसन्धान थालेको थियो। घटनाको अनुसन्धानपछि डबग्राम क्षेत्रका पलाश मण्डललाई ७ तारिख पक्राउ गरिएको थियो। उनलाई अदालतमा हाजिर गरी म्याद थप गरेपछि उक्त व्यक्तिले खुदिराम पल्लीस्थित सुन पसलका कर्मचारीलाई सात ग्राम सुन दिएको खुलेको थियो। त्यसपछि पुलिसले अनुसन्धान गरी सुन पसलका कर्मचारी सञ्जीव सूत्रधरलाई पक्राउ गरेको थियो। उनको साथबाट सुन पनि बरामद भएको छ।
