गाई चोर खोज्दा पक्रा परे रड चोर्ने चोर

IMG-20240710-WA0162

सिलगढी: गाई चोरलाई खोज्न निस्किएका गाउँलेले फलामको रड चोर्ने दुईजना चोरलाई पक्रेका छन्। यो घटना बाहिर आएपछि फुलबारी चङ्गारबन्ध क्षेत्रमा हलचल मच्चिएको छ। खाली खेतबाट कैयौं क्विन्टल फलामको रड बरामद गरिएको छ, फुलबारीको ग्राम पञ्चायत न० का च्यांग्राबन्धा निवासी मनेश्वर रायको घरबाट गएराति गाई चोरी भएको छ।

गाई चोरी भएको थाहा पाएपछि मनेश्वर राय र केही गाउँले गाई चोर खोज्न राति नै निस्किए। सोही क्रममा गाउँलेहरूले दुईजना संदिग्धलाई पक्राउ गरे। उनीहरुलाई सोधपुछ गर्दा उनीहरुले गाई नभई फलामको रड चोरेको पाइएको थियो। यसपछि नयाँ जलपाईगढी थानाको पुलिसलाई खबर गरिएको थियो, उनीहरू आएर सोधपुछ गरे र फुलबारी नजिकैको कञ्चनबारी क्षेत्रमा रहेको खाली खेतबाट केही क्विन्टल फलामको रड बरामद गरे। नयाँ जलपाईगुडी थानाको पुलिसले दुवैलाई पक्राउ गरी थाना लग्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement