बालुवा तस्करीका क्रममा ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु, अर्का घाइते

IMG-20240710-WA0140

सिलगढी: रातको अन्धकारमा महानन्द नदीबाट अवैध बालुवा तस्करीका क्रममा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने अर्को बालकलाई गम्भीर अवस्थामा उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ। यस क्षेत्रको महानन्दा नदीबाट बालुवा तस्करी भएको भन्दै पटकपटक पुलिसमा उजुरी परे पनि अहिलेसम्म पुलिसले बालुवा माफियामाथि कारबाही नगरेको आरोप छ। गएराति पनि विधाननगरको हुसेनपुर क्षेत्रमा ट्र्याक्टरबाट बालुवा तस्करी गर्दा ट्याक्टरले दुई बालबालिकालाई किचेर एक बालकको ज्यान गएको छ भने अर्का जीवन मृत्युको बीचमा संघर्ष गरिरहेको छ। यो घटनापछि आज विधाननगरको हुसेनपुर क्षेत्रका गाउँलेहरु आक्रोशित बने र बालुवाले भरिएको ट्याक्टरमा आगजनी गर्ने प्रयास गरेका छन्। साथै आक्रोशित गाउँलेहरुले राष्ट्रिय राजमार्ग न० ३१ अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement