आगलागीबाट दुई वटा पसल जलेर नष्ट

IMG-20240710-WA0134

सिलगढी: अबेर राति भएको आगलागीमा दुई पसल जलेर नष्ट भएका छन्। राति करिब २ बजे जलपाईगढी–सिलगढी राष्ट्रिय राजमार्गको तालमाहाटमा अचानक यी पसलमा आगलागी भएको हो। स्थानीयवासीले तत्काल दमकललाई खबर गरेका थिए। दमकल घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरेको थियो। आगलागीमा मोटरसाइकलको ग्यारेज र मिठाई पसल जलेर नष्ट भएको छ। आगलागीबाट मिठाई पसलमा राखिएको दुईवटा फ्रिज र दुईवटा ग्यास सिलिन्डर जलेर नष्ट भएको छ। यसका साथै मोटरसाइकलको ग्यारेजमा पनि धेरै क्षति पुगेको छ। यद्यपी यति ठूलो आगलागीको कारण भने खुल्न सकेको छैन। विद्युत सर्टसर्किट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। यस विषयमा पुलिसले अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement