देशवासीको सपना साकार गर्ने प्रशिक्षक गम्भीरको लक्ष्य

IMG-20240710-WA0144

नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका नवनियुक्त मुख्य प्रशिक्षक गौतम गम्भीरले मंगलवार यस प्रतिष्ठित पदमा रहेर तिरंगाको सेवा गर्नु ठूलो सम्मानको कुरा हुने अनि उनी टीमको निम्ति असल नतीजा अघि ल्याउन आफ्नो पूरा ताकत लगाउन तयार रहेको बताए। गम्भीरले भारतीय टीममा राहुल द्रविड़को स्थान लिएका छन्। भारतलाई आईसीसी टी२० वर्ल्ड कप च्याम्पियन बनाउनको साथै द्रविड़को कार्यकाल समाप्त भएको थियो। गम्भीरले एक्स-मा लेखेका छन्, भारत मेरो पहिचान हो अनि आफ्नो देशको सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो। अलग भूमिकामा भए पनि म (टीममा) फर्किन पाएर सम्मानित अनुभव गरिरहेको छु। भूमिका अलग भए पनि मेरो लक्ष्य सदा झैं रहनेछ अनि त्यो हरेक भारतीयलाई गौरवान्वित गर्नु हो। टीम इण्डिया १ अरब ४० करोड़ भारतीयहरूको सपना लिएर खेलिरहेको हुन्छ अनि म ती सपनाहरूलाई साकार गर्न आफ्नो पूरा ताकत लगाउनेछु।
कहिले हार नमान्ने मानसिकताले गर्दा भारतीय क्रिकेटमा अलग पहिचान बनाउने गम्भीरलाई आफ्नो शर्तहरूमा काम गर्ने व्यक्ति मानिन्छ तर अब भारतीय टीमको मुख्य प्रशिक्षकको भूमिकामा उनी कसरी अघि बढ़्नेछन् भन्ने हेर्नु रोचक हुनेछ। गम्भीर त्यो खेलाड़ी हुन् जसले वीरेन्द्र सहवागसँग मिलेर भारतीय ओपनिंग जोड़ीलाई अलग दिशा दिएका थिए तर उनलाई मुखाले व्यक्तित्वले गर्दा पनि चिनिन्छ। उनले २०११-को वनडे वर्ल्ड कपमा खिताब जितेको श्रेय केवल एमएस धोनीलाई दिइँदा आपत्ति जनाएका थिए। इण्डियन प्रीमियर लीगमा कलकत्ता नाइट राइडर्सले उनको कप्तानीमा २०१२ र २०१४-मा खिताब जितेको थियो। यसरी उनकै मार्गदर्शनमा कलकत्ता नाइट राइडर्सले यस साल आईपीएल खिताब जितेको थियो। गम्भीरको नाममा ४००० भन्दा अधिक टेस्ट र ५००० भन्दा अधिक वनडे रन रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement